जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः निर्वाचित अशोक कुमार चौधरीले सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
शनिवार सम्पन्न संघको निर्वाचनमा चौधरी २३९ मत ल्याएर निर्वाचित भए । उनीसंगै निर्वाचित सबै पदाधिकारी जानकी मन्दिर र राजदेवी मन्दिर पुगेर आर्शीवाद लिएका थिए ।
सो क्रममा नवनिर्वाचित अध्यक्ष चौधरीले चुनाव शांतिपूर्ण ढंगले सम्पन्न गराएको र आफूलाई अध्यक्षको पुनः जिम्मेवारी दिएकोमा संघमा आवद्ध सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद ज्ञापन गरे ।
उनले सबैसंग सहकार्य तथा समन्वय गरी निर्माण व्यवसायीको हकहितका लागि काम गर्ने प्रतिवद्वता जनाए ।