हाम्रो जनकपुर / पर्सा ।प्रहरीले पर्साबाट हतियारसहित चार जनालाई पक्राउ गरेको छ। ठोरी गाउँपालिका–४ औराही खोलाको बगरबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र एउटा खुकुरीसहित चार जनालाई बिहीबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ का ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुन बहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन्।

उक्त स्थानमा लागूऔषध गाँजा लिएर आउँदै छन् भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनीहरुलाई लुकिछिपि बसेको अवस्थानामा फेला पारेको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय