फोटो:अर्जुन ठकुरी/शुक्लाफाँटा

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा बुधबार बिहान एक महिलाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ।

गौडी खोलाको डिलमा गाडेको अवस्थामा ३५ वर्षीया लक्ष्मी भनिने कलावतीदेवी खुनाको शव फेला परेको हो। मंगलबार साँझ २६ वर्षीय देवर मानसिंह खुनासँगै गौडी खोलामा माछा मार्न गएकी कलावतीको हत्या कसले गर्यो? भन्ने प्रश्न अझै अनुत्तरित छ।

तर प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मृतकका देवरलाई बुधबार नै पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेको जानकारी दिए।

प्रारम्भीक अनुसन्धानका क्रममा कलावतीको हत्या गरी खाल्डोमा गाड्ने काममा उनकै संलग्नता देखिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।

‘प्रारम्भीक अनुसन्धानमा देवरको संलग्नता देखिन्छ। उनले आफूले घरायसी विवादका कारण भाउजुको हत्या गरी खाल्डोमा गाडेको स्वीकार गरेका छन्।’ उनले भने, ‘तर हत्यामा उनी एक्लै संलग्न थिए वा अन्य व्यक्तिको पनि संलग्नता थियो। त्यो विषयमा पनि अनुसन्धान भईरहेको छ।’

प्रहरी नायब उपरिक्षक थापाका अनुसार मृतक कलावतीको शरिरमा बाहिर देखिने चोटपटक भने छैन्।

मंगलबार खोलामा माछा मार्न गएकी खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।

सभार दिनेश खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय