काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा उपलब्ध नगराउने भएको छ ।

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ ।

विगतका वर्षहरुमा दसैंलाई लक्षित गर्दै नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको केन्द्रीय बैंकले यो वर्ष कोभिड १९ को प्रभाव बढ्दै गएकोले सम्भावित जोमिलाई मध्यनजन गर्दै नयाँ नोट वितरण नगर्ने जनाएको छ । गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नयाँ नोट सटही गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय