• मुकेश ठाकुर

हाम्रो जनकपुर /जनकपुरधाम । सगरमाथा चौधरी आँखा अस्पतालको शाखा विस्तार:धनुषाधाम नगरपालिका

मुकेशकुमार ठाकुर, जनकपुरधाम । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल लहानद्वारा धनुषाको धनुषाधाम नगरपालिकामा शाखा विस्तार गरेको छ। नगरप्रमुख बालेश्वर मण्डलको निरन्तर पहलले आँखा तथा कान उपचार केन्द्रको रुपमा सगरमाथा चौधरी आँखा अस्पतालको शाखा खुलेको हो । उक्त शाखा धनुषाधाम नगरपालिका नम्बर—३ अन्तर्गतको प्राथमिक अस्पतालको भवनमा सञ्चालन गरिएको छ।

आँखा उपचारमा नागरिकको सहज पहुँचका लागि अस्पतालले धनुषाधाम नगरपालिका लगायत यस भेगका जनतालाई उपचारमा सहज हुनेछ। यसले नगरपालिका र आसपास क्षेत्रका समुदायलाई सहज सेवाप्रदान गर्ने नगर उपप्रमुख विद्यादेवी भुजेलले विश्वास व्यक्त गरिन् ।

कार्यक्रम अस्पताल व्यवस्थापन समिति अध्यक्ष रविन्द्र लाल चौधरीको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलको प्रमुख आथित्वमा सञ्चालन भएको थियो ।

कार्यक्रममा उपप्रमुख विद्या देवी भुजेल वडा अध्यक्षहरु राज किशोर साह, इन्द्रकुमार महतो, प्ररिक्षन यादव, विश्वनाथ यादव, प्रभु नारायण साह, डाक्टर संजय कुमार सिंह, नगर स्वास्थ्य संयोजक, नगरपालिकाका कर्मचारी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा आँखा परीक्षण कार्यको सुरुवात पनि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय