हाम्रो जनकपुर /जनकपुरधाम ।धनुषामा भन्सार छलीको करिब साढे ६ लाखको अवैध सामान सहित दुई जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला जिल्लाको शहीदनगर नगरपालिका वडा नम्बर -७ बस्ने २८ वर्षीय विरेन्द्र साह र कमला नगरपालिका वडा नम्बर -८ डुमरिया बस्ने १९ वर्षीय धिरजकुमार साह रहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले धनुषाको विदेह नगरपालिका वडा नम्बर-१ स्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विदेह नगरपालिका वडा नम्बर-१ स्थित सडकखण्डमा ज. ८ प. २३४६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भन्सार छली गरि ल्याएका ४ लाख ३३ हजार बराबरको १७६ डिब्बा औषधी र मोटरसाईकल १ थान गरी जम्मा ५ लाख ३३ हजार बराबरको समान र गाडीका चालक तथा पछाडि सवार १ जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको विदेह नगरपालिका-१ मैनाथपुर बोडर नजिक भन्सार छलि गरि नेपाल तर्फ ६ वटा साईकलमा ल्याउँदै गरेको प्लाष्टिकको कुर्सी ७९ थान, ४ वटा बोरामा अन्दाजी १५० किलो धनिया र ६ वटा साईकल गरि अन्दाजी ५५ हजार बराबरको सामान तथा सिमा प्रहरी चौकी लगमा जटही धनुषाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेको गस्ती टोलीले नगराईन नगरपालिका–६ महादेवपट्टिघाटबाट १२ हजार ६ सय बराबरको ९ बोरा हरियो केराउ (मटर) नियन्त्रणमा लिएको छ ।

त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बसहिया रोडबाट समेत ३२ हजार ४ सय बराबरको स्टिलको बाल्टिन ४४ थान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको धनुषाका डीएसपी बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय