बारा । सूचना माग्न गएका युवलाई सुवर्ण गाउँपालिकाका मेयर महेन्द्र यादवले निर्घात कुटपिट गरेका छन्।

गाउँपालिकाको कार्यप्रगति बारे सूचना माग्न गएका जनमत पार्टी बाराका संयोजक विनोद कुमार यादवलाई मेयर यादव, अधिकृत र सांसदका छोरा रंजित यादवले कुटपिट गरेका छन्।

गाउँपालिकाको कार्य बारे संयोजक यादवले पटक पटक सूचना माग्र्दै आएपनि हालसम्म सूचना दिइएको छैन। विहीबार तेस्रो पटक सूचना माग्न गएका यादवलाई मेयरसहितको टोलीले कुटपिट गरेको घाइते भएका यादवले बताएका छन्।

संयोजक यादवमाथि भएको आक्रमणको भत्र्सना जनमत पार्टीले गरेको छ। साथै घटनाको छानविन र दोषीमाथि कारवाहीको माग गरेको छ। दोषी उपर कारवाही नभए संघर्षमा जाने चेतावनी जनमत पार्टीका युवा नेता जेपी साहले दिएका छन्।सभार हुलाकी न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय