प्रादेशिक अस्पताल जनकपुरको इमरेजेन्सी र आइसियु वार्ड सिल

हाम्रो जनकपुर /जनकपुरधाम । धनुषामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा शहीदनगर नगरपालिका-१ का ७० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएकोे स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए ।

ज्वराे आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या भएपछि उनी असोज २० गते अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो । मुटुका रोगी समेत रहेका उनको उपचारकै क्रममा बुधबारै राति मृत्यु भएको निमित्त निर्देशक झाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय