“राज-संस्था एवं वैदिक सनातन हिन्दु-राष्ट्र पुनःस्थापना” सहितको विविध मागहरु राखी चरणबद्ध आन्दोलनरत एवं “राष्ट्रिय नागरिक आन्दोलन” को तैयारीमा जुटेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफनो संगठनलाई दुर्तगतिमा विस्तार गर्दै लगेको देखिन्छ ।
आज मोर्चाका राष्ट्रिय अध्यक्ष एवं मोर्चा कै नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं #राष्ट्रबचाउअभियान का राष्ट्रिय संयोजक डा मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै सिरहाको मिर्चैया नगर जनपरिचालन समिती गठन भएको जानकारी दिनुभएको छ ! प्रेस वक्तव्यमा भनिएको छ,

महान उद्देश्यपुर्ती एवं “राष्ट्रिय नागरिक आन्दोलनको” तैयारी स्वरुप मोर्चाद्वारा घोषित नारा “गाउँ-गाउँ टोल-टोलमा जनतान्त्रिक, आत्म-समिक्षाको साथ भुल-सुधारका लागि घर-घरमा जनतान्त्रिक” लाई सफल पार्न र जन-सम्पर्कलाई निरन्तरता दिन देशैभरका स्थानीय तहहरुमा मोर्चा एवं मोर्चाका बर्गीय, जातीय, पेशागत लगायतका संगठनहरुको विस्तार, पुर्नगठन, समायोजनको नियमित प्रक्रियालाई निरन्तरता कै क्रममा मोर्चालाई व्यापक जन-समर्थन प्राप्त भईरहेको प्रती हामी आभारी छौं, जन-समर्थन र आम-जागरुकतालाई सूक्ष्म विश्लेषण गर्दा लाग्दैछ कि अब त्यो दिन टाढा छैन, निकट भविष्य मै हामी हाम्रो लक्ष्य प्राप्त गर्ने छौँ ।

उपरोक्त महान उद्देश्य एवं लक्ष्यमा हातेमालो गर्दै “मुक्ति पथमा” पूर्ण निष्ठा एवं ईमानदारीका साथ निरन्तर अगाडि बढ्ने वचनवद्धता गर्दै मोर्चाको नीति, नियम-निर्देशन, विधान अनुसार सक्रिय राजनीतिमा आफनो अमुल्य जीवन समर्पित गर्ने बचनवद्धता व्यक्त गर्दै हिजो मिति २०७७/०६/२० गते मंगलवारका दिन सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा व्यापक जनसहभागिताका बीच “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को १०१ सदस्यीय “मिर्चैया नगर जन-परिचालन समिती” को गठन गरियो । उक्त कमिटीको संयोजकमा बहुआयामिक चर्चित सिने युवा कलाकार “श्री मुन्ना यादव ज्यु” लाई सर्वसहमती ले चयन गरिएको छ, जसमा श्री राम प्रकाश यादव, श्रीमती रिता देवी यादव, रवि पटेल (कुर्मी), प्रेम कुमार यादव, शम्भु साह हलुवाई, श्रीप्रसाद यादव लगायतका लाई वाड ईन्चार्ज तोकिएको छ ।

सम्पूर्ण क्रान्तिकारी सह-योद्धाहरुलाई “मुक्ति परिवारमा” हार्दिक स्वागत, अभिवादन, अभिनन्दन, बधाई एवं लक्ष्य प्राप्तिको कामनाको साथै शुभकामनाका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय