हाम्रो जनकपुर /जनकपुरधाम । सिरहामा एक जना प्रहरी हुँ भन्दै ठगी गर्ने ठगलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका अभियुक्तलाई रिहा गराइदिने भन्दै ठगी गर्ने ठगलाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ पर्नेमा सिरहाको अर्नामा गाउँपालिकाका ३० वर्षीय मो.जाबिर छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिका ४ का २३ वर्षीय शिवकुमार साह जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेकोमा आफु प्रहरी रहेको र मुद्दा फाँटमा रहेकोले शिवलाई रिहा गराई दिने भन्दै ३५ हजार ठगी गर्ने जाबिरलाई पक्राउ गरेको डीएसपी घिमिरेले बताए ।

जाबिरले शिवका भाई मुकेशकुमार साहसँग शिवलाई कारागारबाट रिहा गराईदिने प्रलोभन देखाई ठगी गरेका थिए ।

प्रहरीले अहिले जाबिरलाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय