हाम्रो जनकपुर /जनकपुरधाम । धनुषामा कोरोना संक्रमणबाट एक बालकको ज्यान गएको छ । धनुषाको शहीदनगर नगरपालिका ६ का ६ वर्षीय बालकको मृत्यु भएको हो ।

बालकको उपचारको क्रममा असोज १५ गते बिराटनगर स्थित टिचिंग अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले बताए ।

बालकलाई निमोनिया भएपछि गएको असोज ६ गते प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । अवस्था गम्भर भएको कारण सोहिदिन बालकको स्वाब संलकन गरी थप उपचारको लागि बिराटनगर रेफर गरेको थियो ।

बिराटनगरको टिचिंग अस्पतालमा बालकको भर्ना गरिएको थियो । ती बालकलाई असोज ९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । असोज १५ गते बालकको मृत्यु भएको थियो ।

प्रशासकीय अधिकृत मिश्रका अनुसार बालकको मृत्यु पश्चात घरपरिवार शव छाडेर भागेका थिए । त्यसपछि नेपाली सेनाले बलकको शव शनिबार धनुषा ल्याएर आइतबार व्यवस्थपन गरेको हो ।

कोरोनाबाट मृत्यु भएका बालकको शव व्यवस्थापन गर्द नेपाली सेना
बालककै गाउँ सहिदनगर नगरपालिका ६ स्थ्ति बर्बता पोखरी नजिकमा शव व्यवस्थपन गरेको मिश्रले बताए ।

धनुषामा कोरोनाबाट बालकको मृत्यु भएको यो पहिलो घटना हो । योसंगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय