हाम्रो जनकपुर /जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका वडा नम्बर १ ठाढि स्थित दशगजाबाट नेपालबाट भारत तर्फ लग्दै गरेको सो परिमाणको गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

धनुषाको बोर्डर आउट पोष्ट महिनाथपुर सशस्त्र प्रहरीको टोलीले १५ किलो गाँजा बरामद गरेको छ ।

दिउँसो करिब २ बजेको समयमा टाउकोमा बोकेर नेपालबाट भारत पार गर्नै लाग्दा डिउटीमा खटेका शसस्त्र प्रहरीले रोक्न खोजेको थियो । राेक्न भन्नै बितिकै गाँजाको पोका छाडेर भागेको इन्सपेक्टर दिलेन्द्र खत्रीले जानकारी दिए ।
करिब २ लाख २५ हजार रुपैया मूल्यांकनको बरामद गरेको उक्त गाँजा कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको खत्रीले बताए ।

केहि दिन अघि मात्रै शसस्त्र प्रहरी महिनाथपुरले बिदेह नगरपालिका वडा नम्बर २ गोबराहि स्थित दशगजाबाट नेपालबाट भारत निकासी गरी लग्दै गर्दा आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय