काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले दशैं, तिहार र छठको अवसरमा ‘कुरै कुरामा उपहार’ योजना ल्याएको छ।

यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरेर उपहार जित्न सक्छन्।
दैनिक, साप्ताहिक र बम्पर उपहार योजनाको मुख्य विषेशताहरु हुन्।

प्रिपेड ग्राहकले भ्वाइस सेवाबाट जति धेरै कुरा गर्छन् त्यति धेरै उपहार जित्ने छन्।

यो योजना आइतबारदेखि लागू भएर मंसिर १३ सम्म कायम हुने बताइएको छ।

pokhara noodlesanimabidh lab
योजनामा सहभागी हुन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गर्नुपर्छ। यसपछि ग्राहकले हरेक दिन भ्वाइस कल गर्न निश्चित मिनेटको लक्ष्य पाउँछन्।
त्यसअनुसार भ्वाइस कल गर्नसाथ ग्राहकले त्यही दिनको मध्यरात सम्म समयसिमाको ‘बोनस अन नेट टक टाइम’ पाउँछन्। र यस योजना अन्तर्गतको उपहार जित्न सक्छन्।

उक्त उपहार अन्तर्गत नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई २०० रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० छन्।

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकमध्ये प्रत्येक प्रदेशबाट १०० जनालाई उपहार दिइनेछ।

दैनिक उपहार अन्तर्गत ग्राहकले २०० बोनस ब्यालेन्स पाउँछन्। यो ब्यालेन्स १५ दिनको लागि मान्य हुनेछ। उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन सक्छन्।

ncell in
योजना अवधिभर सबै भन्दा बढी मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार पाउने हुन। बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ।

यो योजना साप्ताहिक चक्रमा संचालन हुने कम्पनीले बताएको छ। साप्ताहिक चक्र आइतबार सुरु भई शनिबार सकिन्छ।

एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाएर मात्रै उपहार दिन्छ। सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार दिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय