काठमाडौं । शनिबार राति भक्तपुरमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको खुलेको छ ।

भक्तपुर नगरपालिका-८ कालाँचामा रोकेर राखिएको बा.३ ख २६१२ नम्बरको बसभित्रै १६ बर्षिया किशोरीलाई ३ जनाले ब’लात्कार भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको घटनास्थल पुगेको थियो ।

ब’लात्कारमा संलग्नकाे खोजी गर्नेक्रममा सिन्धुपाल्चोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र उनका एकजना साथीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये एकजना सोही बसका चालक रहेका छन् ।

बलात्कारमा संलग्न अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय