दुर्घटना भएर नहरमा गएको हुन सक्ने वा कसैले चोरी गरी सो मोटरसाईकल लुकाउन खोजेको हुन सक्ने

हाम्रो जनकपुर / जनकपुरधाम । कमला नगरपालिका वडा नं. २ तेलियाहा र वडा नं. ३ पर्ने लगमाको बीचमा रहेको सार्वजनिक नहरमा सो मोटरसाईकल फेला परेको हो । ज १० प ८३२८ नम्बरको सो अपाचे मोटरसाईकल नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

धनुषा जिल्लाको कमला नगरपालिकाको एक नहरमा बेबारिसे अवस्थामा एक मोटरसाईकल फेला परेको छ ।

खेततर्फ निस्केका स्थानीयहरुले मोटरसाईकलको केही भाग देखेपछि त्यसलाई नहरबाट बाहिर निकालेको थियो । १८० सिसिको सो मोटरसाईकल कसको रहेको बारे अझै पत्तो हुन सकेको छैनन् भने ईलाका प्रहरी कार्यालय खजुरीले सम्पर्क गर्दा यसबारे थाहा नभएको बताएका छन् ।

यता, सो गाडी स्थानीयहरुले नै लगेको बताइएको छ । यद्यपी, सो गाडी कसले लगेको बारे अझै जानकारी आएको छैनन् । मोटरसाईकल दुर्घटना भएर नहरमा गएको हुन सक्ने वा कसैले चोरी गरी सो मोटरसाईकल लुकाउन खोजेको हुन सक्ने बुझिएको छ । यसबारे थप विवरण आउन बाँकी छ । न्युज सभार लेखक न्युज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय