आज जनकपुर स्थित माँ जानकि को दर्शन गरि असोज १७ गते शनिबारको राशिफल हर्नुहोस
आज बि.सं.२०७७ साल असोज १७ गते शनिबार ई. सं. २०२० अक्टुवर ३, नेपाल सम्बत ११४० अनालागा द्धितीया प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज कृष्ण द्धितीया, चन्द्रमा मीन राशिमा, रेवती नक्षत्र, व्यागात योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः५८ बजे, सूर्यास्त साँझ ५ ः ४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा – तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । । आज कुनैपनि महत्वपूर्ण दिन वा दिवश परेको छैन । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर २७ मिनेट देखि ८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायमा प्रगति नै होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्ने समय छ। व्यस्तता बढ्नेछ भने स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्ला। खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त भइरहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधारपनि आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

आजको दिन सबैको शुभ रहोस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय