महिला हिंसा र बलात्कारको विरोधमा गत वर्ष कलेज लेभलका विद्यार्थीले काठमाडौंमा निकालेको र्‍याली ।

जनकपुरधाम ।सामाजिक र न्याय क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको सहयोगमा ओरेक नेपाल धनुषाले जनकपुरको जनकचोकमा पत्रकार सम्मेलन गरी अभियान सुरु गरेको हो ।

‘मौनता तोडौँ’ मूल नाराका साथ शुक्रबारदेखि डिसेम्बर १० तारिखसम्म बलात्कार र लैंगिक हिंसाविरुद्ध राष्ट्रिय अभियान सुरु गरिएको छ ।

ओरेक नेपाल धनुषाका संयोजक रोजलिन सिंह बछारले शुक्रबार प्लाकार्डसहित एक घण्टा धर्ना दिएर अभियान सुरु गरिएको बताए । अभियानका क्रममा विभिन्न पालिकामा धर्ना, मुख्यमन्त्री तथा जनप्रतिनिधिलगायत सरोकारवाला निकायसँग छलफल तथा अन्तर्क्रिया गरिनेछ ।

बलात्कार र लैंगिक हिंसाविरुद्ध राष्ट्रिय अभियानका अभियन्ता ।
Classic Tech 300×300पत्रकार सम्मेलनमा २०७७ वैशाखदेखि भदौ मसान्तसम्ममा ३१९ वटा बलात्कारका घटना भएको छ । त्यसमा ७५ प्रतिशत पीडित २ देखि १८ वर्ष उमेर समूहका छन् । बलात्कार घटनामा करिब ९० प्रतिशत घटना परिचित र चिनजानकै व्यक्तिबाट भएको समेत तथ्यांक सार्वजनिक गरेको हो । महिला र किशोरीका लागि घर तथा समुदाय दुवै सुरक्षित नभएको घटनाको तथ्यांक र पीडितहरुको अनुभवले प्रस्ट पारेको ओरेकको तर्क छ ।

ओरेक नेपालले हजारौँ महिला तथा किशोरी बलात्कृत हुँदा पनि राज्यका जिम्मेवार निकाय र उच्च पदस्थ व्यक्तिले समेत संवेदनशील रुपमा नलिएको बताएको छ । पीडितहरुको न्यायमा पहुँच हुन नसकेकाले राज्य गम्भीर हुनुपर्नेमा धनुषा संयोजक बछारले बताए ।

समाजमा विद्यमान कानुनी संरचनादेखि सामाजिक र मानसिक विभेदको अन्त्य नभएसम्म बलात्कार तथा महिला र बालबालिकामाथि हुने हिंसाका घटना न्यूनीकरण हुन नसक्ने ठहर गर्दै ओरेकले विभिन्न मागसहित ६ बुँदे ध्यानाकर्षणसहितको मागपत्र प्रस्तुत गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय