• दिवेश क्रान्ति कुशवाहा

हाम्रो जनकपुर /जनकपुरधाम । श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा छात्राहरुलाई सुरक्षित महिनाबारी को लागि Sanitary pad आज शुक्रबार वितरण गरिएको छ।
मिथिला नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका IEMIS २०७६ अनुसार कक्षा-६ देखि १२ सम्मका छात्राहरुलाई नेपाल सरकारबाट नि:शुल्क सनेटरी प्याड वितरण अन्तर्गत आज श्री जनता माध्यमिक विद्यालय मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिजका छात्राहरुलाई श्री राष्ट्रिय आधारभूत विधालयमा वितरण गरिएको छ।

आज मिति २०७७ साल १६ गते कक्षा ८,९ र १० का छात्राहरुलाई वितरण गरिएको छ भने कक्षा-६ को छात्राहरुलाई १८ गते आइतबार समय १० बजे देखि १२ बजे सम्म र म -७ को छात्राहरुलाई १९ गते सोमबार समय १२:३० बजे देखि २ बजे सम्म सनेटरी प्याड वितरण हुन्छ भन्ने कुरा यहि सुचना मार्फत जानकारी गराउदछौं।
यसका साथै सबै विधार्थीहरुलाई sanitary pad लिन आउँदा माक्स लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाइ श्री राष्ट्रिय आधारभूत विधालयमा मिथिला नगरपालिका-२ नक्टाझिज-५ को प्राङ्गणमा वितरण हुने कुरा विधालयका नि. प्रधानध्यापक श्याम कुमार यादबले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय