जनकपुरधाम । एडीबी परियोजना अन्तर्गत जनकपुरमा गुणस्तरहीन निर्माण गर्दा जताततै सडकमै भ्वाङ पर्न थालेको छ ।

एसियाली विकास बैंकको ऋणमा निर्माण गरिएको सडक केही महिना नबित्दै भत्किएको छ ।

जनकपुर उपमहानगरपालिकाभित्र एडीबी परियोजनामा सडकमा ठेकेदारको लापारबाहीका कारण भ्वांग परी भत्किएको हो ।

गुणस्तरहीन सामग्रीको प्रयोग गर्दा निर्माण सडकमा ठूलो भ्वांग परेको छ ।

जनकपुर उपमहानगरपालिका कदम चौकमै रमण कन्स्ट्रक्सनले निर्माण गरेको पक्की सडकमा ठूलो भ्वांग परेको छ ।

सवारीसाधन आवतजावत गर्दै गर्दा पक्की सडक अचान भासिएर भ्वांग परेको डियुटीमा खटिएको प्रहरीले बताए ।

निर्माण व्यवसायी र सम्बन्धित कार्यालयले कमिसनको खेलमा गुणस्तरहीन सडक निर्माण गरेको सडक निर्माणको लागि प्रयोग गरिएको अलकत्र हातले नै उप्किने गरेको स्थानिय ईन्जिनियर अजित मण्डलले बताए ।

पक्की गरिएको सडकमा भ्वांग पर्नु र हातैले अलकत्रसमेत निस्कनु सडकको गुणस्तरबारे पुष्टि गरेको त्यहाँको स्थानीयले बताए ।

बाहिरबाट हेर्दा सडक निर्माण गर्न तोकिएको मापदण्ड पूरा गरेको देखिए पनि सडक पक्की गर्न प्रयोग गरिएको अलकत्राको गुणस्तरतर्फ ध्यान नदिइएको स्थानीयको भनाइ छ ।

पटक पटक गुणस्तरमाथि प्रश्न उठे तापनि सम्बन्धित निकायले ध्यान नदेखिएको न वास्ता गरिएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय