काठमाडौं । सर्लाहीमा माछा मार्ने क्रममा खोलामा डुबेर शुक्रबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका-१४ बस्ने बाराको निजगढ घर भएका ३८ वर्षीय वीरबहादुर गोले रहेका छन् ।

सोही नगरपालिका वडा नम्बर-१२ स्थित लखनदेही खोलामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय