बारा । प्रहरी सेवामा जागिर लगाइदिने भन्दै नक्कली प्रहरी निरीक्षक बनेर परीक्षा लिने मुख्य अभियुक्त आजयकुमार रायसहित ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बारा जिल्ला जीतपुर सिमरा उपमहानगर वडा नं. ५का हिरालाल महतो, सोही स्थान बस्ने बसन्त चौधरी, बीरगज महानगरपालिका १६ निवासी रविकुमार चौरसिया, पर्साको पकाहामैनपुर गाउँपालिका ६ सवैठवा बस्ने शिव नारायण चौरसिया र बीरगञ्ज २७ रानिघाटका रामजी चौरसिया रहेका छन् ।

बीरगञ्जकै एक पार्टी प्यालेसमा बुधवार २१ जना परिक्षार्थी राखेर नक्कली परीक्षा लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षा लिइरहेको अवस्थामा नक्कली प्रहरी निरीक्षक बनेका अजयसहित अन्य ६ जनालाई पक्राउ गरिएको हो । आफू नै मुख्य अभियुक्त भएको समेत अजयले स्वीकारेको पर्सा प्रहरीले जनाएको छ ।

परीक्षामा सहभागि परीक्षार्थीहरुलाई आवश्यकता अनुसार उपस्थित हुने गरी छाडिएको प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले जानकारी दिए । मुख्य अभियुक्त राय यस अघि जिल्ला प्रहरी कार्यालय, बाराबाट सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ सय १० दिन कारागारमा कैद सजाय भुक्तान गरेका व्यक्ति हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय