काठमाडौं । डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ ।नेपाल आयल निगमले राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार डिजेल, मटितेलको खुद्रा बिक्री मूल्य घटाएको हो ।

नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको जनाइएको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय