रौतहट। प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरको टेलारीमा लोड भएको काठको कागजात माग्दा नभएकाले अवैध काठ ओसार–पसारको आरोपमा चालक गढीमाई नगरपालिका–९ चिलमिलिया टोलका २७ वर्षीय सिकेन्द्र भगत मालीलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गरुडाले अवैध काठसहित एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । उक्त कार्यालयबाट खटिएको गस्ती टोलीले गरुडा नगरपालिका–९ रघुनाथपुर बिर्तास्थित नहर बाटोमा उत्तर तर्फबाट ना ७ त ३१४१ नम्बरको ट्याक्टरमा काठ लोड गरी दक्षिणतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्याक्टरबाट सालको काठ १ सय ४२ थानको ७४.६६ क्यूफिट, खैरको काठ १ थानको ४.७५ क्यूफिट, सिमलको काठ ४ थानको १.३३ क्यूफिट बरामद गरेको रावलले बताए । बरामद गरिएको काठ, ट्याक्टर र नियन्त्रणमा परेका चालकलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको छ ।

बरामद गरिएको ट्याक्टरको मूल्य अन्दाजी १६ लाख र काठको मूल्य ८० हजार ४७० रहेको प्रहरीले जनाएको छ ।

श्रोत नखुलेको १५ लाख रकमसहित एक जना रौतहट प्रहरीको फन्दामा

जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी टोलीले श्रोत नखुलेको १५ लाख रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गौर नगरपालिका–२ महादेवपट्टीस्थित दशगजा क्षेत्रमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री भारतको सितामढी असोगी ५ बस्ने २० वर्षीय राजु कुमार कांहारलाई शंका लागि चेक जाँच गर्दा उनको साथबाट उक्त रकम फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

सो रकम हुन्डी कारोबारको लागि प्रयोग गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय