अमित ठाकुर
हाम्रो जनकपुर / रौतहट । प्रहरी हिरासतमा मृत्यु भएको बिजय महाराको परिवारलाई न्यायको माँग गर्दै सम्मानित जिल्ला अदालत घेराउ गरेको हो।रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नंबर ८ जिङ्गडवा निवासी २२ बर्षीय निरंजन रामको हत्या भएको १ महिना १५ दिन बितिसक्दा पनि अनुसन्धानमा कुनै टुङ्गो न लागेको पिडित परिवारले जनाएको हो।ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले घट्ना भएको भोलि पल्टनै हत्यामा संलग्न भएको भनी ११ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ पछि अनुसन्धानका क्रममा ४ जनालाई निर्दोष रहेको भन्दै प्रहरीले छाडेका थिए। प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले भदौ १ गते सम्मानित जिल्ला अदालतमा म्याद थप गराई सातै जना बिरुद्ध ज्यान कसुर सम्बन्धि मुद्दा चलाएको थियो।प्रहरी हिरासतमै प्रहरीले यातना दिँदा र थर्ड डिग्री सम्मको कुटाइले पक्राउ परेका सात जना मध्य एक जना बिजय महारा उपचारका क्रममा बिरगंजमा मृत्यु भएको थियो।गत १० गते उपचारका क्रममा मृत्यु भएको १ महिना बित्दा पनि पिडित परिवारले न्याय पाएका छैन् ।घट्नाको लामो समय बित्दा पनि पिडित परिवारलाई न्याय नपाउँदा अाज सम्मानित जिल्ला अदालत अगाडि २ घण्टा सडक जाम गरी दलित संघर्ष समितिले धर्नामा बसेका थिए।

प्रहरी हिरासतमै मृत्यु भएको बिजय महाराको परिवारलाई न्याय देउ, दोषीलाई कार्वाही गर, हाम्रो संघर्ष जारी छ भन्दै नारा लगाउँदै अदालत कार्यालय घेराउ गरेको थियो ।प्रहरी हिरासतमै मृत्यु भएको महारालाई अनुसन्धानको क्रममा तत्कालीन प्रहरी उपरीक्षक रबिराज खड्का र ईलाका प्रहरी कार्यालयका तत्कालीन डिएसपी ज्ञान कुमार महतोलाई बिभागिए कार्वाही गर्ने निर्णय गरिएको हो भने प्रहरी निरिक्षक नवीन सिंह सहित दुई प्रहरीलाई निलम्बन पनि गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय