• अमित ठाकुर

हाम्रो जनकपुर / रौतहट । रौतहट जिल्लाको भारत नेपाल बोर्डरमा १५ लाख रुपैयाँ सहित १ जना भार्तीय ब्यक्ति पक्राउ परेको हो।

रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी नाकाको दशगजा क्षेत्रमा १५ लाख नेपाली रुपैयाँ सहित भारत बिहार राज्यको सितामढी जिल्लाको बैरगनिया असोगी ५ निवासी २० बर्षीय राजु कुमार काहार माथी संका उपसंका लागे संगै चेकजाँच गर्दा पक्राउ परेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जनाएको हो।

पक्राउ परेका कहारले भारत बिहार राज्यको बैरगनियाबाट भारत नेपालको बोर्डर हुँदै नेपाल भित्र्याई रहेको अवस्थामा पक्राउ परेको डिएसपी श्रेष्ठले जनाएको हो। पक्राउ परेको कहारलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको डिएसपी श्रेष्ठले जनाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय