हाम्रो जनकपुर /जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् ।

अख्तियारको टोलीले कार्यालय सहयोगी दिलिप पजियारलाई घुस रकमसहित पक्राउ गरेको हो ।

२४ हजार रुपैया घुस रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

कार्यालय सहयोगीले के कस्तो काम बापत घुस लिएको भन्ने बारे खुल्न सकेको छैन । उनीमाथि अख्तियारका अधिकारीले अनुसन्धान गरिरहेको छ ।

वडाध्यक्ष शुभनारायण मण्डलले घटनाबारे केहिबेरमा जानकारी दिने बताए ।

आफु कार्यालय सचिव रहेको भन्दै उनले नागरिकता सिफारिसका लागि सो घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

केहि स्थानियका अनुसार कार्यालय सहयोगी पजियारकै मार्फतले वडामा घुसको खेती भइरहेको छ ।

काम गरेको वापत उनले घुस लिएर वडा अध्यक्ष सम्मलाई पुरयाउने गरेको समेत स्थानियको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय