हाम्रो जनकपुर /जनकपुरधाम । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाकी एक महिला पाचदिनदेखि बेपत्ता भएकी छन् । बटेश्वर गाउँपालिका वडा नं. २ धुमासन टोल बस्ने देवनारायण महतोकी ४० वर्षीया श्रीमती रामजसी देवी बेपत्ता भएकी हुन् ।

पति देवनारायाणका अनुसार रामजसी गएको आइतबार दिउँसोदेखि घरबाटै बेपत्ता भएकी हुन् । आइतबार साँझसम्म घर नफर्केपछि आफन्तजन सबै ठाउँमा खोज्दा समेत फेला नपरेको उनले बताए ।

तीनदिनमा कतै नभेटिएपछि श्रीमतीलाई खोजविन गरिदिन देवनारायणले बुधबार इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । रामजसीको खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय