• सम्राट राज खनाल

हाम्रो जनकपुर /महेन्द्रनगर । धनुषा महेन्द्रनगर स्थित रक्सी खाएको व्यक्तिले झोकमा हनुमानजीको मुर्ती भाँचेका छन ।

जनकपुर ढल्केवर सडक खण्ड महेन्द्रनगर हनुमान चोक स्थित मन्दिरमा राखिएको हनुमान जीको मुर्ती भाँचेका छन ।

हनुमान जीको मुर्तीका कारण नामाकरण भएको हनुमान चोक स्थित बुधवार करिब ८ बजे तिर ज १ ह ५२२३ नम्बरको टेम्पुमा रक्सी खाएर आएका क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने वर्ष ४२ का बाली साह नामको व्यक्तिले हनुमानजीको मुर्ती भाँचेको प्रहरीले जानकारी दिएका छन ।

हनुमानजीको मुर्ती भाँचे लगतै स्थानियले नियन्त्रणमा लिएको साहलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन । प्रहरी नियन्त्रणमा रहेको साह आफूलाई बाबाले मन्त्री लगाई माला दिएको र त्यो माला लगाउन साथ मान्सिक अवस्था गुमने के गर्छु आफैलाई थाहा हुँदैन बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय