तस्करले प्रति भैंसी १ हजार रुपैया , राँगाको प्रति राँगा २ सय रुपैया ,खसीबाख्राको प्रति पिस १०० रुपैया र ड्युटीमा मा रहेका प्रहरी हरु लाई रिचार्ज खर्च दिने चलन रहेको छ ।

फाइल तस्विर

  • धर्मेन्द्र प्रसाद यादव

हाम्रो जनकपुर / पर्सा । जिल्लाको जानकीटोलमा बिगत केहीदीन देखि तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ । तस्करहरुले अहिले पर्साको भिखमपूरमा रहेको भिखमपूर सशस्त्र प्रहरीको बिओपी इन्चार्ज किसमान तामाङ्ग र ईलाका प्रहरी कार्यालय जानकीटोलाका इन्चार्ज सूर्य नारायण चौधरीलाई नजराना दिएर दैनिक १० देखि १५ लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा सीमावर्ती शहर मैनातांड , ईनर्वा बाट रातिको समयमा ओसारपसार गर्नेगरेको खुलेको छ ।

नेपालमा अभाव भएको ईलेक्ट्रॉनिक पार्ट्स ,लत्ताकपडा, गाडी को पार्ट्स, हार्डवेयर,ब्याट्री,मोबाइल, काजु, किसमिस, सुर्ती, राजनिवास, रजनीगन्धा, पानपराग, मैदा, चिनी ,आलु ,प्याज ,खाने तेल, चपल,खसी बाख्रा, रंगा, भैंसी देखी हुण्डी कारोबारी लगायतका सामानहरु भारत बाट नेपाल तर्फ भित्र्याउने गरेका छन् ।

त्यस्तै नेपाल बाट भारत तर्फ केराउ, मरिच, छोकडा, खुखरी सिगरेट,कवाड, लगायतका लाखौ लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा पठाउने गरेपनी पर्सा जिल्लाको जानकीटोला नाकामा बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी रकम बुझेर आखाँमा पट्टी बांधी कानमा तेल हाली चुप लागेर बस्ने गरेकाछन ।

पर्सा जिल्लाको जानकीटोला तेस्रो नाकाको रूपमा मानीन्छ र यहांबाट तस्करीको समान जितपूर ,विरगंज, पोखरिया स्थानमा पूग्ने गरेको छ । तस्करहरूले झोला, पोका, र ठुलो ठुलो बोरा समेत मा राखेर खेतको बाटो र नहरको बाटो हूदै तस्करी गर्ने गरेका छन ।

सीमानाकाको खेत र नहर को बाटोमा दैनिक तस्करहरूको मेला लागेको देखिन्छ । जानकीटोला स्थानबाट ठुलो मात्रा मा तस्करी गरेको सीमानाका मा अवस्थीत गाउका बसिन्दाहरूको भनाइ रहेको छ । तस्करहरूले दीनको समय मा कम गतीविधी गरे पनी रातीको बेला रातभर सीमानाकाको गाउँ हूँदै तस्करी गर्ने गरेको र रातभरी ओहरदोहोर गर्ने गरेको स्थानियहरु बाताउँछन ।

करीब दूइ महिना यता पर्सा जिल्लाको जानकीटोला तस्करीको निम्ति सवैभनदा ठुलो अखडा बनेको छ । नेपाल बाट भारत मा प्रहरी कै सहयोग मा रक्सी मदिरा को तस्करी हुँदै आएको स्थानीयले बताएका छन ।

पर्सा को सबै सिमानाका बन्द भएपनि जानकीटोला बाट प्रहरी को सहयोगमा प्रत्येक दिन रातिको समय मा ७० देखि ८० हजार सम्मको मदिरा को तस्करी भइरहेको सूचना प्राप्त भएको छ ।

जानकीटोला चौकीको एरियामा धेरै रक्शी दारु बेच्ने पसल संचालन मा छन तर रक्शी पसल को साहुले सई चौधरीलाई नजराना दिदै चलाइरहेको श्रोतको दाबी छ । त्यहा भारतको धेरै ठाउ बाट मान्छेहरु सिमानाका लक भएपनि रक्शी खान आउने गरेका छन् । संचालन मा रहेको सबै रक्शी पसल को साहु सँग हरेक महिना ज्ञज्ञ)सय रुपैया र रक्सी को तस्कर सँग हरेक महिना प्रति व्यक्ति घ हजार को दरले उठाउने गरेको स्रोतले जनाएको छ । श्रोतका अनुसार तस्करहरुले साइकल, मोटरसाइकल,पैदल टाउको मा राखी बोर्डर कटाउने गरेका छन् ।

सो वापत साइकल मा तस्करी गर्ने सँग प्रति महिना ३ हजार रुपैया र मोटरसाइकल बाट तस्करी गर्ने सँग प्रति महिना ८ हजार रुपैया , भैंसी तस्कर सँग प्रति भैंसी १ हजार रुपैया , राँगाको प्रति राँगा २ सय रुपैया ,खसीबाख्राको प्रति पिस १०० रुपैया र ड्युटीमा मा रहेका प्रहरी हरु लाई रिचार्ज खर्च दिने चलन रहेको छ ।

अहिले पर्सा नामुद तस्करहरूले जानकीटोलाको नाकामा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी शुरु भएपछी सरकारलाई दैनिक रुपमा लाखौं रुपैया राजश्व घाटा हुदै आएको छ ।कोरोनाको कारण सिमानाका सिल भएपनि राती राती खुलम खुल्ला रुपले सो नाकावाट मानिस आवतजावत र रातभरि तस्करी भइरहेको स्थानीयहरुले बताएका छन्।पर्साको भिखमपुर बीओपीका इन्चार्ज किसमान तामाङ्ग र ईलाका प्रहरी कार्यालय का ईन्चाज सई सूर्य नारायण चौधरीले तस्करहरुलाई संरक्षण दिई लाखौं लाख असुली गरिरहेको खबर प्राप्त भएको छ । सिमानाकामा हुने गरेको अवैध चोरी पैठारीमा बोडर नाकमा खटेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्कर सँग महिनवारी बुझी तस्करी धन्दालाई सहज बनाइदिएको छ ।

पर्सा जिल्ला को ग्रामीण भेगमा पर्ने जानकीटोला नाका हुँदै नूनदेखी सुनसम्मको तस्करी भइरहेपनी सशस्त्र प्रहरी भिखमपुरका ईन्चार्ज किसमान तामाङ्ग र ईलाका प्रहरी कार्यालय जानकीटोलाका प्रहरी सहायक निरीक्षक सूर्य नारायण चौधरी मालामाल भएका छन । एनि हाउ पैसा कमाउ भन्ने उखानमा प्रहरी निरीक्षक तामाँग र सई चौधरी तस्कर समुहहरू सङ्ग लाखौ लाख रूपैँया नजराना बुझी तस्करी लाइन सुचारु गरेका हुन ।सूचना संकलनका लागि घूमूवा पनी परिचालन छन , गस्ती गर्न गाडी कुदीरहेका छन र सशस्त्र प्रहरीलाई सेटिङ्ग नमिलाएसम्म पहीलो घेरा पार गरी अवैध समान पास गरागउन अशम्भव जस्तै हूने तस्करीमा संलग्न व्यक्तीहरू नै बताउछन । सशस्त्र प्रहरीलाई मात्र सेटिङ्ग मिलाए जनपद प्रहरीलाई नियमित रूपमा रकम नबूझाए गोदाम बाटै छापा मार्ने वा अर्को लट तस्करी गर्दा माल समातीने डरले दुबै प्रहरीलाई नजराना बूझाउदै आएका छन ।

यसैबिच सशस्त्र प्रहरी बल पर्साले करिब छ लाख रुपैया बराबरको अबैध भारतिय कुखुराको चल्ला नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल १३ नम्वर गण बीरगंज पर्साको टोलीले भारतबाट अबैध रुपमा छ वटा साईकलमा नेपाल तर्फ भित्रयाउदै गरेको अवस्थामा ५ लाख ४६ हजार रुपैयाँ मुल्य बराबरको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । बिहिवार बिहान भारतबाट नेपाल तर्फ ६५ कार्टून ६ हजार ५ सय थान साईकलमा तस्करहरुले भित्रयाउने क्रममा पर्साको जगरनाथपुर गाउपालिका स्थित भिखमपुर आसवारीबाट सशस्त्र प्रहरी बल १३ नम्बर गण बिरगंज पर्साको टोलीले बिषेश सुचनाको आधारमा पक्राउ गरेको हो । सशस्त्र प्रहरीलाई देखना साथ चल्ला तस्करहरुले साईकल सहित साईकलमा रहेको कुखुराको चल्ला छाडेर भागेको सशस्त्र प्रहरी बल १३नम्वर गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाले जनाएकाछन् । सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको ६ हजार छ सय थान करिब ६ लाख मुल्य बराबरको चल्ला सशस्त्र प्रहरी बल क्वारेन्टाइनका कर्मचारी सन्चारकर्मीहरुको उपस्थितीमा उक्त कुखुराको चल्ला खाल्टो खनेर नष्ट गरिएको थियो ।

तस्करीमा सेट्टिंग नमिलाइ समान ओसार्नेलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले काहिलेकाही माल समात्ने पनि गरेको छ । तर , यसरी समातीएको समानले तस्कर र प्रहरीलाई झन नजीक्याउने काम गर्ने बताइएको छ । समान समाते पछि त नमिलेको सेटिंग पनि मिल्न थाल्छ – एक व्यवसायीले बताए । उनको दाबी अनुसार काहिलेकाही सेटिङ्ग मिल्न नसकने जस्तो देखे वा यदाकदा तस्करको समान पक्रउ गरी भन्सार पठाउने गरीएको पनी ति व्यवसायीले जानकारी दिए । पर्सा जिल्ला को जानकीटोला नाकावाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको अहिले ब्यापक चर्चामा रहेपनी पर्साका सशस्त्र प्रहरी प्रमुख र नेपाल प्रहरी प्रमुख चुप लागेर बस्ने गरेकाछन । जिल्ला मा पनि हकिमहरूलाई दीनु पर्छ भने इन्चार्ज सई चौधरीले जिल्लाको नाम मा पनि पैसा उठिरहेको एक जना व्यापारीले नाम नछाप्ने सर्त मा बताए । दुवै प्रहरी प्रमुखको नजर किन आपूग रहेको प्रति प्रश्न उठ्न थालेको छ ।यस्ता गैर जिम्मेवार व्यक्ति हरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएकोले यस्ता गैर जिम्मेवार इन्चार्जहरू प्रति माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय