संकेत तस्बिर

गर्भ बसेको चार महिनापछि प्रेमीले जवरजस्ती गर्भ तुहाउने औषधी खुवाए ।

प्रेमिकालाई धम्कि दिएर गर्भ तुहाउन वाध्य पार्ने युवा पक्राउ गरेका छन् । पटक–पटकको सम्बन्धपछि युवति गर्भवती भइन् ।

चन्द्रनगर गाउँपालिका बडा नं. ३ बरकुर्वा बस्ने २४ वर्षिय अरुण महरालाई प्रहरीले गर्भ तुहाउन वाध्य पारेको अभियोगमा पक्राउ गरेको छ ।

महराले पिडित युुवतीलाई डर त्रास देखाई औषधी खुवाएर गर्भपतन गराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

पक्राउ परेको युवकमाथी गर्भ तुहाएको मुद्दा चलाईएको छ । पक्राउ परेको ति युवक विवाहित रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय