• अमित ठाकुर

हाम्रो जनकपुर /रौतहट । रौतहटमा बोर्डर शिल अवस्थामा तस्करी तीब्र रुपमा बढेका छन्।

चैत ११ गते देखि हाल सम्म बोर्डर शिल रहेता पनि नाका शिल नरहेको स्थानीयले बताउँछन्।

भार्तीय बजार संग जोडिएको रौतहट जिल्लाको सदरमुकाम भन्दा पुर्व रहेको राजदेवी नगरपालिकाको लक्ष्मीपुर बेलबिक्षवा, ब्रहम्पुरी नाका र पश्चिममा रहेको महादेवपट्टी,बनजरहा,लौतना,महुलिया,बंकुल सहित नाकाबाट मदिरा, रेडिमेड कपडा,स्पेयर पार्टस सहितका समानहरु तस्करी भईरहेका छन्।

भने रौतहटमा केही दिन पहिला हुण्डीकारोबारीले लाखौं रुपैयाँ सहित पक्राउ परेता पनि रौतहटमा हुण्डी कारोबारीको तीब्र रुपमा बढेका छन्।

सुचना संकलनका लागि राखिएको सादा पोसाककै घुमुवा प्रहरीकै सेटिङ्गमा तस्करी भईरहेको देखिन्छ।

दशगजा क्षेत्रमा केही दिन बाढीको पानीले गर्दा तस्करी रोकिएको थियो तर तस्करहरुले अहिले पानी कम भएको बेला तस्करी पुर्ण रुपले बढाएको नाम न खोल्ने शर्तमा एक जनाले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय