काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापाले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अनुसन्धन छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको बताउनु भएको हो ।

वि.सं. २०७५ साउन १० गते बलात्कार तथा हत्या भएको र ११ गते निर्मला पन्तको शव भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयले अधिकृत पठाएको र उसले त्यहाँ अनुसन्धान गरिरहेको महानिरीक्षक थापाले जानकारी गराउनुभयो ।

उहाँले निर्मला पन्त प्रकरणमा औपचारिक तथा अनौपचारिक रूपमा अनुसन्धानमा लागेको र अनुसन्धानका लागि प्रहरी अधिकृतलाई संघबाट पठाइएको बताउनुभयो ।

निर्मला प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीले आरोपितलाई यातना दिएको भनेर अदालतमा मुद्दा परेपनि मुद्दामा जिल्ला अदालतले सफाइ दिएकाले पनि अनुसन्धानलाई सहयोग मिलेको उहाँको भनाइ छ । प्रहरीले यातना नदिएको भन्ने कुरा अदालतबाट पुष्टि भइसकेकाले अब अनुसन्धान थप तीव्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसका साथै उहाँले निर्मला पन्तको अनुसन्धानमा खटिएका अधिकृत अहिले बझाङको सम्झना कामीको बलात्कार तथा हत्याको अनुसन्धान गर्नका लागि सहयोगीको रूपमा केही दिनका लागि खटाइएको समेत जानकारी गराउनुभयो ।न्युज सभार news24nepal.tv

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय