हाम्रो जनकपुर /सिरहा । प्रहरीले सुखीपुर नगरपालिका वडा नम्बर ४ सिलोर्वा पछवारी बाट लागुऔषध गाँजा सहित मोटर साईकल बरामद गरेको हो ।

भारत लगदै गरेको लागु औषध गाँजा सहित मोटर साईकल प्रहरीले बरामद तस्कर फरार भएको छ ।

प्रहरीले ग्रामीण क्षेत्रको बाटो हुँदै नेपालबाट भारत तर्फ गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा विहान चेकिङ थालेपछि आउदै गरेको मोटर साईकल प्रहरीलाई देखिने बितिकै छाडेर भागेपछि मोटर साईकलमा राखिको बोरा चेक गदाँ १९ किलो गाँजा र को २९ प १४८६ नम्बरको अपाचे मोटर साईकल बरामद गरेको सशस्त्र वेस क्याम्प सुखीपुरका स.प्र.ना.नि. बिदेश राज जर्घा मगरले जानकारी गराउनुभयो ।

मोटर साईकलमा सवार भएका तस्कर कसरी भागन सफल भएको विषय रहस्मय रहेको छ । तस्करहरुले लागुऔषधलाई ग्रामीण क्षेत्रका सडकहरु मार्फत भारतसम्म पु¥याउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय