हाम्रो जनकपुर / सिरहा । सिरहाको मिर्चैया नपा वडा नम्बर ३ राघोपुर आधारभूत विद्यालयको नव निर्मित दुई कोठे भवन हिजो राति उछरिङ्खल समूहले भत्काइदिएको छ । नव निर्मित दुई कोठे भवन भत्किएपछि विद्यालयमा भर्खरै पठन पाठन शुरु भएको प्रक्रिया अवरुद्ध भएको छ । गएराति खगेश्वर गोहिबार यादव नेतृत्वमा आएका समूहले बन्दै गरेको दुई कोठे भवनलाई भत्काईदिएको विद्यालयका प्रधानाध्यापक देवशंकर यादवले आरोप लगाएको छ । भवन भत्काएपछि भौतिक सामाग्रीहरु विद्यालय चौरमा छरपस्ट अवस्थामा छ । विद्यालयमा तोडफोड गर्ने समूहको खोज तलास गरी कडा कार्वाही गर्नुपर्ने माग स्थानीयहरुको रहेकोछ । केही दिनअघि देखिको विद्यालय व्यवस्थापन समितिको आपसी विवादका कारण भवन भत्काइएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाको छानविन भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाइएको छ । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले विद्यालय क्षेत्रमा भएको घटनाप्रति घोर भत्र्सना गर्दै दोषीलाई कडा कार्वाहीको दिशामा आफू अगाडि बढ्ने वताए । शिक्षा मन्त्रालय अन्तर्गत सशर्त बजेट अन्तर्गत मिर्चैया नगरपालिकाको शिक्षा शााखाको करिव १६ लाखको लागतमा उक्त दुई कोठे भवन निर्माण भइरहेको थियो । भवन भत्तकिएपछि विद्यार्थीहरु त्रासले विद्यालय नआएको विद्यालयका प्रअ यादवले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय