हाम्रो जनकपुर /जनकपुरधाम । यस वर्ष विजयादशमीमा जिल्लाको कुनै पनि शक्तिपिठ वा मन्दिरमा बोकाबलीको कार्यक्रम (विधी) नहुने भएको छ । साथै जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन, युवा क्लवहरु, राजनितिकदल र मेला आयोजक समिति सहित सरोकारबालाहरुको बैठकले जनकपुरधाम स्थित माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा हुँदै आएको बोका बली यसपाली प्रदान नगर्न सहमति भएको जनाईएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गरी सोमबार धनुषाका राजनीतिक दलका प्रतिनीधि, प्रदेश सभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लवका प्रतिनिधीहरुको उपस्थितीमा बसेको बैठकले धनुषामा अत्याधिक भिडभाड हुने माता राजदेवी मन्दिर सहित अन्य ठाउँमा हुने बोकाबली प्रदान कार्यक्रम नगर्ने सहमति भएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै २०७७ सालको वडा दशैं पर्वमा जिल्ला भित्रका सम्पूर्ण मठ मन्दिरहरु, शक्तीपीठहरुमा बोकाबली नचढाउने तथा कुनै पनि भिडभाड हुने क्रियाकलाप नगर्ने सहमति भएको हो ।

विकल्पमा यस्तो छ सुझाव

विजयदशमीमा माता देवी शक्तिको पुजापाठका साथै बोकाबली प्रदान समेत एक विधि र परम्परा नै रहेकाले त्यसको लागि प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने भन्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । प्राचिन मिथिलाका राजा राजर्षि जनककी कुलदेवी रहेकी माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा बोकाबली प्रदान हुँदै आएको छ । तराई मधेशको विभिन्न ठाउँ सहित भारतबाट पनि बलि प्रदानका लागि श्रद्धालुहरु आउने गर्दछन् । यद्यपि स्थानियले भने श्रद्धा, भक्ती र आस्थामा कुनै पनि निर्णयले सम्पुर्ण रुपमा बन्देज लाग्न नसक्ने बताइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय