हाम्रो जनकपुर / जनकपुरधाम । प्रदेश २ मा दलितहरुको हत्याका विषयमा गठित अध्ययन समितिलाई शम्भू सदाको हत्या सम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको छ ।

संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिद्धारा गठित अध्ययन भ्रमण समितिका संयोजक शेरबहादुर तामाङ्गलाई शम्भू सदाको हत्या सम्बन्धी प्रतिवेदन बुझाइएको हो ।

धनुषा जिल्लाको सबैला नगरपालिका १२ रघुनाथपुरका शम्भू सदाको सबैलास्थित इलाका प्रहरी कार्यालयमा शंकास्पद रुपमा लाश भेटिएको थियो ।

उक्त विषयमा सञ्चारकर्मी बीपी साहको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरी प्रारम्भिक अध्ययन गरिएको थियो । उक्त समितिले तयार पारेको १९ पृष्ठको प्रतिवेदन संघीय संसदीय समितिलाई मंगलबार हस्तान्तरण गरिएको हो ।

संसदीय समितिले मंगलबार शम्भू सदाको परिवार, इलाका प्रहरी कार्यालय सबैला र जिल्ला प्रशासन कार्यालय धनुषामा भ्रमण गरेको थियो ।

संसदीय समितिमा धनुषा २ बाट निर्वाचित सांसद तथा जनता समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, काँग्रेसका साँसद पद्मनारायण चौधरी, भीम प्रधानलगायतका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय