हाम्रो जनकपुर / जनकपुरधाम । धनुषा प्रहरीले सुनचाँदीको गहनामा प्रयोग हुने करीब १० लाख भन्दा बढिकाे अबैध रयासन धातु बरामद गरेको छ ।

भन्सारी छलेर चोरी पैठारी गरी सुनचाँदीमा प्रयोग हुने रयासन धातु साइकलमा लगिरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा जनकपुरधाम वडा नम्बर ५ सोनरपट्टीबाट दस लाख ६६ हजार ५ सय रुपैया बराबरको बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

चेकजाँचको क्रममा तस्कर महोत्तरीको मठिहानी नगरपालिका वडा नम्बर ७ का श्याम दास र नुरारी लहेरीलाई समेत साइकल सहित नियन्त्रणमा लिइएको कुरा जिप्रका धनुषाका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिएका छन ।

बरामद गरिएको सेतो रंगको देखिने ५० किलोको मात्रा रहेको सो रसायन धानु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको समेत उनले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय