हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरमा काठको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ । उक्त झडपमा इन्सपेक्टर पनि घाईते भएका छन् ।

औरही खोलामा सखुवा काठको गोलिया बगेर आएको थियो । उक्त काठ आईतवार राति स्थानीयले जर्वजस्ती लग्न खोज्दा प्रहरीले रोकेका थिए । विवाद चर्किदै जाँदा झडप भएको बताइएको छ । झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर दीपक राय, एक प्रहरी जवान र तीन जना स्थानीय घाईते भएका छन् ।

काठ लैजान खोज्न समूहले ढुंगामुढा गर्न थालेपछि झडप भएको बताइएको छ । ढुङ्गा लागेर इन्सपेक्टर र प्रहरी जवान घाईते भएका छन । तीन जना स्थानीय भने प्रहरीको लाठीचार्जबाट घाईते भएका हुन् ।

इन्सपेक्टर राय र प्रहरी जवान महेन्द्रनगरस्थित स्वास्थ्य संस्थामा भर्ना भएका छन् । इन्सपेक्टर रायको निधारमा ६ वटा टाका लागेको छ । घाईते स्थानीयको उपचार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ ।

काठ अहिले प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

तस्विर : टुडेपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय