हाम्रो जनकपुर / जनकपुरधाम । गृहमन्त्रालयले धनुषा जिल्लाका रामकुमार महतोलाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले खतिवडाको ठाउँमा महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएर पठाएको छ ।

लोकसेवा आयोग मार्फत पियनबाट राष्ट्र सेवा सुरु गरेका रामकुमार महतो सहसचिव र अहिले प्रमुख जिल्ला अधिकारी समेत बन्न सफल भएको छ । धनुषा जिल्लामा घर भएको ४१ वर्षीय महतोले चार वटा विषयमा मास्टर्स गरेका छन् ।

उनी पियनबाट निजामती सेवा प्रवेश गरी सहसचिव हुने सफल अपवाद व्यक्ति हुन् । ४ ओटा विषयमा मास्टर्स गरेका महतो पियनदेखिको यात्रालाई सिडिओ, सहसचिवसम्मको यात्रालाई निरन्तरता दिएका छन् ।

सह सचिवमा नियुक्ती भएपछि उहाँले फेसबुक मार्फद राष्ट्रसेवाको लागि पद मात्र ठूलो कुरा होईन, निष्ठापूर्वक सेवा र परिश्रम गर्दै गयो भने पद, प्रतिष्ठा र अवसर खोजी रहनु पर्दैन, आफैं आउँदो रहेछ अभिव्यक्ति दिनुभएको थियो । उहाँले आफूसंग एक समय एसएलसीको सर्टिफिकेट मात्र रहेको र अहिलेको समयमा ४ वटा बिषयमा मास्टर्स (अर्थशास्त्र, समाजशास्त्र राजनीतिशास्त्र र जनप्रशासन र एलएलबी ) गरी सहसचिव पदमा नियुक्त भएको जनाएको थियो ।

त्यस्तै, अहिले महतो प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा थुप्रै व्यक्तिहरुले बधाई दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय