हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ९ खरियानी टोल बस्ने गफुर नदाफको घरमा शनिबार खानतलासी गर्दा २ लाख बढी रुपैयाँको समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी ल्याएको समान बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा घरमा लुकाई छिपाई तथा भन्सार छली गरी तस्करी गरेर ल्याएको ११ बोरा मटर, २ पोका रेडिमेड कपडा, १ बोरा चप्पल सहितका समानहरु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय औरहीका सहायक प्रहरी नीरिक्षक (सई) बब्लु ठाकुरको कमाण्डमा खटि गएको प्रहरी टोलीले खानतलासि गरी ५० किलोको ११ बोरा मटर ५ सय ५० किलो, २ पोका रेडिमेड कपडा र १ पोका चप्पल गरी २ लाख १३ हजार ४०० बराबरको समानहरु बरामद गरी भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय