हाम्रो जनकपुर/  जनकपुरधाम ।  जनकपुरधाम उद्योग वाणिज्य सँघ जनकपुरले मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा आज (आईतबार) बुझाएको ज्ञापनपत्र उपर सुनुवाई गर्दै स्थानीय प्रशासनले विहानदेखि दिउँसो २ बजेसम्म पसल, व्यवसाय सँचालन गर्न पाउने निर्णय गरिएको हो । 

 निरन्तर निषेधाज्ञा लगाइएको जनकपुरमा भोली सोमबारदेखि दिउँसो २ बजेसम्म पसल खोल्न दिने निर्णय गरिएको छ । 

उद्योग वाणिज्य सँघ जनकपुरले आईतबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै सँघले बुझाएको ज्ञापन पत्रले स्थानीय प्रशासन विहादेखि दिउँसो २ बजेसम्म पसल खोल्न दिने निर्णय भएको उल्लेख गरिएको छ । 

सँघका महासचिव जीतेन्द्र कुमार महासेठद्धारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको सबै समाग्री अपनाएर विहानदेखि दिउँसो २ बजेसम्म पसल खोल्न पाउने निर्णय भएको हो । समाजिक दुरी, सेनिटाईजर, पसले तथा ग्राहक समेत दुवै जनाले मास्क लगाउनुपर्ने भनेर अनिवार्य गरेको छ । 

विगत एक महिनादेखि लगाइएको निषेधाज्ञाले जनकपुरका व्यापारीहरु आजित भएको बेलामा स्थानीय प्रशासनले केही घण्टा पसल खोल्न दिने भएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

स्थानीय प्रशासनले केही घण्टा पसल खोल्न दिने भएपछि उनीहरुले राहत महसुस गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय