हाम्रो जनकपुर / जनकपुरधाम । महोत्तरीमा एकै दिन तीनजनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा १५बर्ष किशोर सहित ६५ वर्षका वृद्धसम्म रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ हल्खोरीका १५ वर्षीय रजनिस कुमार यादवले आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीले पासो लगाई आत्महत्या गरेका छन् ।

त्यस्तै गौशाला नगरपालिका वडा नं. ८ का ३६ वर्षीय मनोज महतो सुडीले घरदेखि १ सय ५० मिटर उत्तर पश्चिम वडा नं. ४ स्थित रहेको पानी ट्याङ्कि नजिक आँपको रुखमा पाईन्टको पासो लगाई आत्महत्या गरेका छन् भने भंगहा नगरपालिका वडा नं. ७ मेघरौलका ६५ वर्षीय गणेशी ठाकुरले समेत आँपको रुखमा धोतीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए ।

शनिवार आत्महत्या गरेका तीनैजनाको शवको पोष्टमार्टम गरेर शव परिवारजनलाई बुझाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको विष्टले बताए ।

महोत्तरीमा लकडाउन र निषेधाज्ञा अवधिमा २० जनाभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् जसमा एकजना कोरोना संक्रमितले समेत आत्महत्या गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय