हाम्रो जनकपुर /जनकपुरधाम । धनुषामा चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यू भएको छ ।

धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुर बस्ने अन्दाजी बर्ष ४० का मोहिता सदाको मृत्यू भएको प्रहरीले जनाएको छ । धनुषाधामका प्रहरी नीरिक्षक विजय यादवले स्थानीय मुसरपट्टिबालाको खेतमा आउँस काटिरहेको बेला आकाशबाट चटयाँग लागेर उनको मृत्यु भएको जनाएको छ ।

उहाँले मृतकको शव अहिले पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याईएको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय