हाम्रो जनकपुर / जनकपुरधाम। राज्यसत्ता र प्रसासनको बिभेदका कारण मात्र लकडाउन अबधिभित्र ज्यान गुमाएका दुई दर्जन दलित,चार दलितको बलात्कार र दर्जनौ उत्पीडितको बिरोधमा दलित सभा सम्पन्न भएको छ।

धनुषाको सबैलामा प्रदेश २ भित्र प्रहरी हिरासतमा ज्यान गुमाएका शम्भु सदा खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा ,राजु सदा तथा बिजय राम र निरन्जन रामको न्याय माग्दै उक्त सभा सम्पन्न गरिएका छन।

कार्यक्रममा दलित महिला अधिकारकर्मी हिरा देवि दासले ज्यान गुमाएका सम्पुर्ण दलितहरुलाइ सहिद घोषणा,पिडकले सजाय र पिडितले न्याय पाउनुपर्ने भनी कडा रुपमा माग गरेकी थिइन।

बर्तमान समयमा पनि दलित आफ्नो अधिकारबाट बन्चित भैरहेको,हेपिएको,सामाजिक रुपमा आफ्नो हक अधिकार पाउन माहौल नरहेको भन्दै दलित जनबिद्रोहको आवश्यकता रहेको तथा राज्यसत्ता दलित हकअधिकार दिनबाट आनाकानी गरिरहेको अटेरी गरिरहेको तथा दलित घटनाप्रति राज्य असंबेधनशिल रहेको मानवअधिकारकर्मी बिनोद महराले बताए।

सदियौदेखी दलितको मतबाट बिजयपत्र हासिल गरिरहेको जनप्रतिनिधिहरुले जितेपछी दलितलाइ नै अपहेलित र अटेरी गरिरहेको,तथा दलितले आफ्नो हकहित सहित स्वतन्त्र रुपमा यदि बाच्ने हो भने सम्पुर्ण दलित एकढिक्का भइ अग्रसर हुनुपर्ने दलित अगुवा सत्रुधन महराले जनाए।

कार्यक्रममा जिल्लास्तरीय,केन्द्रिय ,नगरस्तरिय जनप्रतिनिधि तथा दलितसंग सरोकार राख्ने आम नागरिक लगायत नगरभरिकै दलितहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय