हाम्रो जनकपुर / रौतहट । बाराको देवताल गाउँपालिकामा शुक्रबारदेखि हराइरहेका एक बालकको आज शव मृत्यु अवस्थामा फेला परेको छ । देवताल गाउँपालिका वडा नम्बर ५ घर भइ जिल्ला प्रहरी कार्यालय वीगन्जमा कार्यरत हवल्दार भूषण यादवको ९ वर्षीय छोरा सुमित यादव शुक्रबार साँझदेखि हराइरहेका थिए । 

उनको आज बिहान गाउँबाट झन्डै २ किलोमिटर टाढा पोखरीको डिलमा मृतावस्थामा शव फेला परेको मृतकका बाबु यादवले बताए । बालकको हत्या भएको हुन सक्ने भन्दै पीडित परिवारले घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् । 

मृतक बालकको जिल्ला अस्पताल कलैयामा पोष्टमार्टम भई पीडित परिवारको जिम्मा लगाइएको इन्स्पेक्टर रुद्र कंडेलले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने आशंका रहेको र घटना बारे थप अनुसन्धान भैरहेको इन्स्पेक्टर कंडेलले बताए। 

यसैबीच देवताल गाउँपालिका प्रमुख चन्दन सिंहको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बाराका सिडियो रुद्र प्रसाद पंडित र एसपी कृष्ण पंगेनीलाई भेटेर घटनाबारे गहनरुपमा छानबिन गर्न माग गरेका छन् । 

डुबेर पुरुषको मृत्यु 
तहट जिल्लाको गरुडा नगरपालिकामा एक पुरुषको नदीमा डुबेर मृत्यु भएको छ ।
हिजोदेखि हराइरहेका गरुडा नगरपालिका २ गेडहिगुठीमा बस्ने ५५ बर्षको जगदिश सहनीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय