हाम्रो जनकपुर / जनकपुरधाम । सिरहामा आज नलकटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ६ बस्ने १९ वर्षीय अजय शर्मा र मिर्चैया ५ बस्ने १९ वर्षकै ज्ञानु कुमार मण्डल छन् ।

शुक्रबार राति मिर्चैया नगरपालिकाको-५ बाह्रबिघामा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको छ ।

पक्राउ परेकासँग सोधपुछ गर्दा मिर्चैया ५ का किराना व्यवसायी ३९ वर्षीय रमेश साहलाई पनि पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय