हाम्रो जनकपुर / सिराहा । सिरहामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँसहित २ जनालाई पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार, मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीलो दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।

प्रहरीका अनुसार घटनामा संलग्नमध्ये ५ मध्य ३ जना अझै फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय