हाम्रो जनकपुर / जनकपुरधाम : मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ का सुरेश विराजी र महेश विराजीले धरौटी रकम बुझाउन नसक्दा पुनः थुनामा परेका छन् ।

जिल्ला अदालत धनुषाले उनी दुबै जनासँग ४०/४० हजार रुपैया धरौटी माग गरेका थिए । तर धरौटी बुझाउन नसक्दा उनी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा राखिएको छ । उनी दुबै जना दाजु–भाई हुन् ।

मोटरसाइकल चोरी काण्डमा विराजी दाजु–भाइसँगै पक्राउ परेका गंगा दास र रोषण दासलाई नाबालक भन्दै साधारण तारिखमा छाडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय