हाम्रो जनकपुर / सिरहा । सिरहा जिल्लाको बर्यारपटी गाउँपालिका वडा नम्बर १ कचनारीमा धानबालि खेतमा पानी पटाउने विषयमा बिवाद भई झडप हुँदा ३ प्रहरी सहित दर्जनौं ब्यक्ति घाइते भएका छन् ।

शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पकक्षबीच धानमा पानी पटाउने विषयलाई लिएर बिवाद हुँदा बिवादले उग्ररूप लिएपछि झडप भएको थियो।

स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी खेतमा म पहिला हाल्छु, म पहिला हाल्छु भन्दै बिवाद भएको थियो ।

मोटर, बोडीङ जग्गा सहित स्थानीय अजय चौधरीको निजि हुन् । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए ।

धानमा पानी पटाउने एउटा बहाना र झगडा गर्ने निहुँ मात्र भएको स्थानीयले बताए ।

घाइते हुनेमा दिनेश कुमार यादव भगतको १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादवलाई ३ वटा टाका लागेको छ ।

घाइतेहरुलाई सिरहाको जिल्ला अस्पतालमा उपचार गराएई रहेको पीडितका आफन्तले बताए ।

त्यसैगरी १० जनाको समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोक्सिको आरोपमा बेस्सरी कुटपिट गरेको पीडितले बताए ।

उक्त घटनामा सुरक्षाको लागि गएका प्रहरी चौकी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमलालाई बयाँ पाखुरामा गहिरो चोट लागेको धमलाले बताए ।

नेपाल प्रहरीमा घाइते जवानको नाम गोप्य राखिएको छ। उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ ।

सो घटनाका छानबिनका लागि युवालाई पक्राउ गरी राखिएको ईन्स्पेकटर अरबिन साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय