हाम्रो जनकपु / जनकपुरधाम । भारतबाट लागुऔषध लिएर आउँदै गर्दा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरबाट जनकपुर उपमहानगरपालिका वडा नम्बर –११ घर भई सुनसरीको धरानमा डेरा लिएर बस्दै आएका दन्त रोग विशेषज्ञ डा. सन्दीपकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषधसहित पक्राउ परेपछि ३३ वर्षीय साहले भारतबाट लागुऔषध नेपाल भित्र्याउने धन्दा चलाइरहेको तथ्य बाहिरिएको छ ।

जनकपुरका एक चिकित्सक लागुऔषध सहित विराटनगरबाट पक्राउ परेका छन् ।

आईसीपीको बाटो हुँदै भारतबाट को ९ प ८५३७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई विराटनगर भन्सारको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले मोटरसाइकलको लेगगार्डमा झुन्ड्याइएको प्लाष्टिकको झोलामा लागुऔषध स्पास्मोप्रोक्सिभन २० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट र डाइलेक्स डीसी ९ बोतल फेला परेको जानकारी दिए ।

साहविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय